नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न प्रस्ताव गरेका छन् । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
शर्माउपर परेका उजुरी र उनका कार्ययोजना अध्ययन गर्न समय माग गर्दै पुनले सुनुवाइ एक दिन पछि सार्न प्रस्ताव गरेका हुन् । शर्माविरुद्ध परेका परेका १६ वटा उजुरी र उनका कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको छ ।