कुशलको दोस्रो शतक

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली ओपनर कुशल भुर्तेलले अमेरिकाविरुद्ध शतक पूरा गरेका छन्। अमेरकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशलले १०४ बलमा शतक पूरा गरेका हुन्।

कुशलले ओडिआई करियरको दोस्रो शतक हो। पहिलो शतक उनले नामिबियाविरुद्ध सन् २०२३ मा टियू मैदानमा नै पूरा गरेका थिए।

ओडिआई करिअरमा दोस्रो शतक प्रहार गर्ने कुशल दोस्रा नेपाली खेलाडी हुन्। यसअघि कप्तान रोहित पौडेलले नेपालका लागि २ शतक प्रहार गरेका छन्।

सुझावित समाचार