१४९ डिएसपीको सरुवामा विभिन्न जिल्ला, इप्रका र वृत्तका इन्चार्ज फेरिए

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले एकैपटक १४९ डिएसपीको सरुवा गरेको छ। सरुवामा विभिन्न जिल्ला, इलाका प्रहरी कार्यालय तथा वृत्तका प्रमुख फेरिएका छन्। 

शुक्रबार गरिएको सरुवामा ताप्लेजुङमा उमेश जोशी, मनाङमा कोपिला चुँडाल, पूर्वी रुकुममा खुमानन्द पाण्डे, जुम्लामा चिरञ्जीवी दाहाल, बझाङमा टेकबहादुर जोरा, सल्यानमा दीपक पातली, सोलुखुम्बुमा नवीनराजा बुढाथोकी, रोल्पामा पञ्चकुमार बाखु, जाजरकोटमा बुद्धिसागर पुरी, ओखलढुंगामा राजबाबु महर्जन, म्याग्दीमा राजन कार्की, मुस्ताङमा रामचन्द्र तिवारी, बाजुरामा शैलेश्वरी बोहरा, दैलेखमा श्रवण विक, रामेछापमा सन्तुलाल जैसवारलाई जिम्मेवारी दिइएको छ। 

इप्रका कटारीमा उपेन्द्र खरेल, इप्रका नवलपुरमा कमलराज पण्डित, इप्रका चापाकोटमा गणेश सापकोटा, इप्रका बर्दिबासमा गुरु तिमल्सिना, इप्रका बरहथवामा गोपीकृष्ण सुवेदी, इप्रका मिर्चैयामा पुरुषोत्तम पाण्डे, इप्रका वालिङमा प्रताप पौडेल, इप्रका सुख्खडमा प्रशन्न चौधरी, इप्रका लहानमा विष्णु बस्याल, इप्रका बनेपामा राकेश थापा, इप्रका अनारमणिमा सन्तोष पाठक, इप्रका दमकमा हरिबहादुर बस्नेत, इप्रका मालाखेतीमा हिरासिंह महरा, इप्रका राजापुरमा होमप्रकाश चौधरी र वडा प्रहरी कार्यालय विराटनगरमा लोकेन्द्रसिंह गुरुको सरुवा भएको छ। 

त्यस्तै, काठमाडौं उपत्यकाका पाँच वृत्तको नेतृत्व पनि फेरिएको छ । प्रहरी वृत्त लैनचोरमा चक्रबहादुर शाह, थानकोटमा दीपक केसी, कालिमाटीमा नरेशबहादुर सिंह, ठिमीमा निशान थापा, सातदोबाटोमा वकिलबहादुर सिंहको सरुवा गरेको छ। 

प्रहरी प्रधान कार्यालयले शुक्रबार नै ४६ एसपीको सरुवा गरेको थियो। 

डिएसपीको सरुवा सूचीः 

सुझावित समाचार