सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु

१७९ कार्यालयको लेखापरीक्षण हुन सकेन

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

सरकारको बेरुजु सात अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा मात्र ८८ अर्ब नौ करोड रुपैयाँबराबरको बेरुजु बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। 

कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष ०८१/८२ को प्रतिवेदन बुझाउँदै बेरुजुको तथ्यांक सार्वजनिक गरेको हो। 

महालेखापरीक्षक तोयम रायका अनुसार संघीय कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ पाँच अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब पाँच करोड बेरुजु देखिएको छ। अन्य संस्थतर्फ १० अर्ब ३२ करोड बेरुजु कायम भएको छ। 

गत वर्ष ९४ खर्ब ८४ अर्ब रुपैयाँबराबरको लेखापरीक्षण भएको छ । जेनजी आन्दोलनमा कागजात जलेकाले १७९ वटा कार्यालयकोे लेखापरीक्षण हुन नसकेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। 

कुन मन्त्रालयको बेरुजु कति ? 

See More On

सुझावित समाचार