उद्योगी–व्यवसायी धरपकडप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्र–बैंकिङ क्षेत्रका नेतृत्वदायी उच्चपदस्थ व्यक्तिलाई फौजदारी कसुरको शैलीमा धरपकड गरिने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भई लगानीकर्ता र व्यावसायिक जगत्मा नकारात्मक सन्देश प्रवाह गरेको बताएको छ ।
सरकारले प्रारम्भिक अनुसन्धान गर्नुअगावै उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने, मिडिया ट्रायल गर्नेजस्ता कार्य गर्दा सम्बन्धित व्यवसायीको मान–प्रतिष्ठामा समेत आँच पुग्ने महासंघले स्मरण गराएको छ । यस्ता अनुसन्धान गोप्य रूपमा गर्न र उद्योगी–व्यवसायीमाथि देवानी दायित्व सिर्जना हुने मुद्दाको छानबिन, अभियोजन सोहीअनुरूप गर्न पनि महासंघले आग्रह गरेको छ ।