नेप्से १० अंकले घट्दा तीन अर्ब २९ करोडको सेयर कारोबार

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १०.०७ अंकले घटेर दुई हजार सात सय ३०.१७ बिन्दुमा कायम भएको हो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। आज ७९ लाख ५८ हजार कित्ता सेयर तीन अर्ब २९ करोड दुई लाख ४४ हजार रुपैयाँबराबरमा कारोबार भएको हो। बुधबार दुई अर्ब ८० करोडको सेयर खरिद बिक्री भएको थियो।

आज जीवन बिमा म्युचल फन्ड र व्यापार समूह एक प्रतिशतभन्दा कमले वृद्धि हुँदा बाँकी समूह घटेका छन्। अन्य समूह दुई प्रतिशतले गिरावट हुँदा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।

घटेको बजारमा युनियन हाइड्रोका लगानीकर्ताले ११.२५ प्रतिशत कमाएका छन्। क्रेस्ट माइक्रो लाइफ ९ र एनआइबिएल स्टेबल फन्ड ३ प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन्।

सर्वाधिक गुमाउनेमा भने एसियन हाइड्रोका लगानीकर्ता छन्। उक्त कम्पनी ९.८९ प्रतिशतले घट्दा हिमालयन रिइन्स्योरेन्स ७.५५ प्रतिशतले गिरावट भएको छ।
 

सुझावित समाचार