सिटिजन्स बैंकको अगुवाइमा ५० मेगावाटको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको वित्त व्यवस्थापन

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

सिटिजन्स बैँक इन्टरनेसनल लिको अगुवाइमा सहवित्तीयकरण व्यवस्थापन गरी सहवित्तीयकरण बैँकहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजना आउने भएको छ।

वैशाख ३० गते बुधबारको दिन प्रवर्द्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेड एवं लगानीकर्ता बैँकहरूबिच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ। उक्त परियोजना गण्डकी प्रदेश, लमजुङ जिल्ला, मर्स्याङ्दी गाँउपालिका र बेँसीसहर नगरपालिकामा निर्माण हुनेछ।

परियोजनाको अनुमानित लागत करीब ११ अर्ब ३० करोड रुपैयाँमध्ये सहवित्तीयकरण बैंकहरूले ६७ः३३ को ऋणःस्वपुँजी अनुपातमा ७ अर्ब ५० करोड रुपैयाँबराबरको ऋण लगानी गर्नेछन् भने ३३ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरूबाट जुटाइनेछ। आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको उदिपुरस्थित सबस्टेसनमा जोडिनेछ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घन्टा र वर्षायाममा २००.५०३ गिगावाट गरी वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ।

हालसम्म निर्माण सम्पन्न भएका २७४.४०१ मेगावाट क्षमताका १६ वटा जलविद्युत् आयोजना र निर्माणाधीन १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा जलविद्युत् आयोजनासहित जम्मा १,६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत् आयोजनामा यस बैंकको लगानी रहेको छ।

सिटिजन्स बैंकले हाल सम्म १८ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सहअगुवा बैंक, १७ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रूपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ।

साथै, बैंकले हाल कोशी प्रदेशमा ५२१.६६६ मेगावाट क्षमताका १४ वटा आयोजनाहरूमा, बागमती प्रदेशमा ३९३.८२५ मेगावाट क्षमताका १४ वटा आयोजनाहरूमा, गण्डकी प्रदेशमा ६१६.४६५ मेगावाट क्षमताका ९ वटा आयोजनाहरुमा, लुम्बीनी प्रदेशमा ५३.०२ मेगावाट क्षमताका २ वटा आयोजनाहरूमा र कर्णाली प्रदेश २०.२५ मेगावाट क्षमताका ३ वटा आयोजनाहरूमा लगानी गरेको गरेको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। हालसालै बैंकले नवयुवा लक्षित बचत खाता सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट र सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष 'फ्रिलान्सर सेविङ्ज अकाउन्ट' नामक नयाँ बचत खाता सुरु गरेको छ, साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट २० लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

सुझावित समाचार