१० दिनपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सुचारु

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा १० दिनपछि सुचारु भएको छ। वैशाख २१ गतेदेखि रोकिएको राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बुधबारदेखि पुनः सुरु भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नयाँ इनरोल गर्दा आउने नम्बरलाई प्रणालीले भ्यालिडेट गर्ने सेवा अवरुद्ध भएको थियो।

सुझावित समाचार