एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्दहरू सभाको अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन्।
वैशाख २९ गतेको बैठकमा थापाले बोलेका ‘अराजकहरूको भिड’, ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू’ र ‘नेपाली सेना मुकदर्शक’ भन्ने शब्द रेकर्डबाट हटाउन रुलिङ भएको हो।
मंगलबारको बैठकमा थापाले रास्वपालाई ‘अराजक जमातहरूको अस्थायी गठजोड’ भनेका थिए। रास्वपा सांसदले थापाको भाषा असंसदीय भएको भन्दै रलिङ गर्न माग गरेका थिए।