आउँदो शुक्रबारदेखि कञ्चनपुरमा जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुन लागेको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मुल नाराका साथ जिल्ला खेलकुद समितिको आयोजनामा १६औँ संस्करण अर्न्तरगत राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुन लागेको हो।
१जेठ(शुक्रबार)देखि जिल्लाको बेदकोट नगरपालिका ६ सिसैया स्थित भुवनेश्वरी माध्यामिक विद्यालयको प्राङगणमा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले प्रतियोगिताको आन्तरिक तथा भौतिक फिल्डको तयारी पुरा भएको बताए।
अध्यक्ष सिहले प्रतियोगितामा हुने सबै विद्याका खेलकुदमा प्राविधिक टिम तयारीदेखि फिल्ड तयारी पुरा भएको बताए। अध्यक्ष सिहका अनुसार ६ खेलकुदका विद्याहरु भलिबल, कब्डी, एथलेटिक्स, तेक्वाण्डो, कराँते, उसुका खेलाडीविच प्रतिस्पर्धा हुनेछ ।
हरेक पालिबाट भलिबलतर्फ छात्रछात्र ९/९, कबड्डी छात्रछात्रा ९/९, एथलेक्टिेक्स छात्रछात्रा ११/११, तेक्वाण्डो छात्रछात्रा ६/६, कराँते ६/६ र उसु ६/६ गरेर हरेक पालिकाबाट ९४का दरले ८ सय ४६ खेलाडीबिच प्रतिस्पर्धा हुन लागेको छ। अध्यक्ष सिहले गत बर्ष बेदकोट नगरका मेयर भोजराज बोहराले यस पटक जिल्ला स्तरीय प्रतियोगिता आफ्नो पालिकाले गर्ने प्रतिबद्धता अनुरुप बेदकोट नगरमा गर्न लागेको बताए।
यसअघि १४औँ जिल्ला स्तरिय संस्करण बेलौरी, १५औँ शुक्लाफाँटा र अहिले १६औँमा बेदकोट नगरमा हुन लागेको छ। निर्वाचन सहितका विवित कारणले जिल्ला स्तरिय प्रतियोगिता केही ढिलाई भएको बताए। तीनदिनसम्म संचालन हुने जिल्ला स्तरिय प्रतियोगिताबाट छनौट हुने खेलाडी सुप प्रदेश स्तरियदेखि राष्ट्रिय प्रतियोगितासम्मै छनौट हुनेछन्। जिल्ला स्तरीय प्रतियोगितामा सहभागिताका लागि ९वटै पालिका टिम अभ्यासमा जुटेका छन् ।