इतिहासमा आज

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

सन् १९५२ : पाँच वर्षदेखि भारतका प्रधानमन्त्री रहेका जवाहरलाल नेहरू देशको पहिलो निर्वाचनपछि औपचारिक रूपमा पहिलो निर्वाचित प्रधानमन्त्री बने ।

सन् १७८७ : क्याप्टेन अर्थर फिलिपको नेतृत्वमा चौध सय कैदी बोकेका ११ जहाज इंग्ल्यान्डको पोर्टमाउथबाट अस्ट्रेलियाका लागि हिँड्यो । इंग्ल्यान्डको जेलमा कैदीको चाप घटाउने र अस्ट्रेलियामा उपनिवेश विस्तार गर्ने योजनामा यो कदम उठाइएको थियो ।

सन् १८४६ : अमेरिकी संसद्ले राष्ट्रपति जेम्स के. पोल्कको अनुरोधमा सीमाविवाद उठेको मेक्सिकोविरुद्ध युद्ध घोषणा गर्यो ।

सन् १९६७ : भारतका तेस्रा राष्ट्रपतिका रूपमा जाकिर हुसेन निर्वाचित भए । उनी भारतका पहिलो मुस्लिम राष्ट्रपति थिए ।

सन् १९९८ : दुई दिनअघि तीन सफल आणविक परीक्षण गरेको भारतले यस दिन सफलतापूर्वक थप दुई आणविक परीक्षण सम्पन्न गर्यो । 

सुझावित समाचार