उज्जल सायर हत्या प्रकरण : एकजना जेल चलान, दुईजना रिहा

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको पुनर्वास नगरपालिकाका १८ वर्षीय युवक हत्या प्रकरणमा एकजना जेल चलान भएका छन्। अर्का एक धरौटी र १७ वर्षीय किशोर साधारण तारेखमा रिहा भएका छन्।

पुनर्वास–५ भानुबस्तीका उज्जल सायर हत्याकाण्डमा धनबहादुर बयडी पुर्पक्षका लागि जेल चलान हुँदा हिरेन्द्रबहादुर बोगटी (हिरो) एक लाख धरौटी र १७ वर्षीय किशोर साधारण तारेखमा रिहा भएका हुन्।

कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले २८ वैशाखमा अदालतमा दर्ता भएको कर्तव्य ज्यान कसुर मुद्दाको भोलिपल्टै मंगलबार थुनछेक बहस भएको बताए। जिल्ला न्यायाधीश राजेन्द्रसिंह भण्डारीको एकल इजलासले आदेश गरेको हो।

७ वैशाखमा छिमेकीको विवाहमा गएका सायरमाथि धारिलो हतियार प्रहार भएको थियो। आक्रमणबाट घाइते भएका सायरको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। 
 

सुझावित समाचार