एसइई नतिजा ०८२ ः महेन्द्रनगर नमुना मावि साधारण स्कुलका सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय (साधारण स्कुल) का सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । माध्यमिक परीक्षा शिक्षा (एसइई) ०८२ मा महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल)का सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका हुन् ।

भीमदत्त नगरपालिका– १८, कटानस्थित उक्त विद्यालयका विद्यार्थी कञ्चनपुर जिल्लामै सबैभन्दा बढी उत्तीर्ण भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरको तथ्यांकअनुसार जिल्लामै सरकारी तथा निजी विद्यालय गरेर २१३ विद्यालयमध्ये सबैभन्दा बढी महेन्द्रनगर नमुना मावि (साधारण स्कुल)कै विद्यार्थी रहेका छन् । उक्त विद्यालयका ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

महेन्द्रनगर नमुना मावि (साधारण स्कुल) का प्रधानाध्यापक देवराज भट्टले २८१ विद्यार्थीमध्ये १९७ विद्यार्थी उत्तीर्ण भएको बताए । जसमध्ये ए प्लस जिपिए ल्याउने ४४ र ए जिपिए ल्याउने ७० रहेका छन् ।

प्रअ भट्टले तुलनात्मक रूपमा जिल्लामै बढी विद्यार्थी उत्तीर्ण भए पनि अपेक्षाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको बताए । उनका अनुसार ३.९५ जिपिए ल्याएर आरोही ऐडी र ३.९१ जिपिए ल्याएर बबिता भट्ट टपर विद्यार्थी भएका छन् । 

सुझावित समाचार