सरकारले आयुर्वेदिक तथा वैकल्पिक स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने भएको छ। रोगको न्यूनीकरण तथा रोकथामका लागि सरकारले वैकल्पिक उपचार विधिलाई प्राथमिकतामा राखेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष ०८३ र ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
हाल आयुर्वेदिक तथा वैकिल्पक सेवा प्रभावकारी हुन सकेको छैन। यस किसिमको स्वास्थ्य सेवाले जटिल रोगको पहिले नै निराकरण गर्न मद्दत पुर्याउने भन्दै सरकारले आगामी वर्ष आयुर्वेद स्वास्थ्यलाई प्राथमिकतामा राखेको हो।