क्यान्सरलगायत जटिल रोग रोकथामको लागि जनचेतना प्रवाह गरिने

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले आगामी वर्षको स्वास्थ्य योजनामा जटिल रोगको रोकथामलाई प्राथमिकतामा राखेको छ।

आगामी वर्षको नीति तथा कार्यक्रममा सरकारले क्यान्सरजस्ता जटिल रोगको रोकथामका लागि जनचेतना प्रवाह गर्ने कार्यक्रमलाई जोड दिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीतिसमेत आगामी वर्ष लागू गर्ने उल्लेख गरे। त्यस्तै, सरकारले आगामी वर्ष पुनर्स्थापना केन्द्रको स्थापना गर्नेछ भने सबैजसो स्वास्थ्य संस्थामा फिजियोथेरापी सेवा उपलब्ध गराउनेछ।

सुझावित समाचार