सरकारले केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको लगानी मोडालिटीबारे अध्ययन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
यस्तै, पूर्व–पश्चिम रेलमार्गको निर्माणलाई तीव्रता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।