स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई सघाउन ‘राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा’

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई सघाउन ‘राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा स्टार्टअपदेखि मझौला उद्यमलाई सघाउन यस्तो व्यवस्था गरिएको भएको उल्लेख छ ।  

‘स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई वित्त, प्रविधि, बजार र क्षमता विकासमा एकीकृत पहुँच उपलब्ध राउन राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा स्थापना गरिने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, औद्योगिक नीति २०७६ नीति परिमार्जन गरी नयाँ औद्योगिक नीति तर्जुमा गरिने घोषणा गरिएको छ ।

सुझावित समाचार