प्रविधि कम्पनी साओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए–७ प्रो सार्वजनिक गरेको छ । ठुलो ब्याट्री, ठुलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । रेडमी ए–७ प्रो सनसेट अरेन्ज, पाम ग्रिन, मिस्ट ब्लु र ब्ल्याक गरी चार आकर्षक रङमा उपलब्ध छन् । यसमा ६.९ इन्चको एचडी डिस्प्ले र ८.१५ मिमि स्लिम बडी रहेको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ ।
कम्पनीका अनुसार यस स्मार्टफोनमा ६ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जसले गर्दा लामो समयसम्म चार्ज टिक्छ । यस्तै, १५ वाट फास्ट चार्जिङ सपोर्टका कारण फोनलाई एकपटक चार्ज गर्दा करिब २.३७ दिनसम्म प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ । यो मोडेलमा १३ मेगापिक्सेल एआई डुअल रियर क्यामरा र आठ मेगापिक्सेल फ्रन्ट क्यामरा छ । ठुलो सेन्सर तथा नाइट मोड सुविधाका कारण कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिने बताइएको छ ।
१२ एनएम प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोन ब्राउजिङ, भिडियो स्ट्रिमिङ, हल्का गेमिङ तथा मल्टिटास्किङका लागि प्रभावकारी हुने कम्पनीको दाबी छ । साथै, साओमी हाइपर ओएस ३ र युएफएस २.२ स्टोरेज प्रविधिको संयोजनले एप लोडिङ तथा सिस्टमको कार्यसम्पादनलाई अझ स्मुथ बनाएको बताइएको छ । यो स्मार्टफोनमा ग्राहकले दुई वर्षको वारेन्टी पाउनेछन् भने दुई टिबीसम्मको एक्सटेन्डेबल एक्स्टर्नल स्टोरेज सपोर्ट पनि छ । ४/६४ जिबी भेरियन्टमा उपलब्ध हुने यसको मूल्य १७ हजार नौ सय ९९ तोकिएको छ ।