झापामा बस र टिपर आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । गौरादह नगरपालिका ५ स्थित भित्री सडकखण्डमा दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे १ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ जाँदै गरेको प्रदेश नम्बर २–०३–००१ ख ७१५३ नम्बरको टिपर एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनापछि बसमा सवार १५ जनामध्ये १० जना घाइते भएका छन् । घाइते हुनेमा बस चालक, एक बालिका र अन्य ८ जना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये नौ जनाको नगर अस्पताल गौरादहमा र एक जनाको निम्स अस्पताल दमकमा भइरहेको छ। टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।