बागमती प्रदेश बक्सिङ संघकाे अध्यक्षमा रामचन्द्र थापामगर निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न बागमती प्रदेश बक्सिङ संघको दोस्रो साधारण सभा तथा निर्वाचनले १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडी रामचन्द्र थापामगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
साधारण सभामा बागमती प्रदेशका आठ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थिति थियो । साधारण सभा काठमाडौंको जडीबुटीको क्लासिक दरबार बैन्क्वेटमा भएको हो।
संघको अध्यक्षसहित नौसदस्यीय कार्यसमिति बनेको छ । जसको उपाध्यक्षमा अनिलप्रसाद दाहाल, सचिवमा रामकृष्ण प्रजापति, कोषाध्यक्षमा नयनबहादुर भण्डारी तथा सदस्यहरूमा अनुशा थापामगर, संगीता राना, कृष्णबहादुर कुमाल, हरि खतिवडा र अमित मानन्धर सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
कार्यक्रमको पूर्वसंस्कृति तथा पर्यटनमन्त्री एवं प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए ।