विस्थापित सुकुमवासी बस्तीका ४१ विद्यार्थीलाई विद्यालयमा अध्ययनको व्यवस्था

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

सुकुमवासी बस्ती हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका बालबालिकाका लागि विद्यालय शिक्षा निरन्तरता दिने व्यवस्था गरिएको छ।

काठमाडौं महानगरपालिकाले राधास्वामी सत्संग भवनमा आश्रय दिइएका ४१ जना विद्यार्थीलाई कीर्तिपुरस्थित जनविकास माध्यमिक विद्यालयमा अध्ययनको वातावरण मिलाइएको जनाएको छ।

महानगरका अनुसार बालबालिका पठनपाठनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले तत्कालका लागि विद्यालय भर्ना तथा आवश्यक व्यवस्थापनको काम अघि बढाइएको हो।

होल्डिङ सेन्टरमा खटिएका महानगर प्रहरीका अनुसार हालसम्म ४१ जना विद्यार्थीको विवरण संकलन गरिएको छ। उनीहरूको विद्यालय पोसाक व्यवस्थापनका लागि नाप लिने कार्यसमेत सुरु गरिएको छ।

महानगरपालिकाले विस्थापित परिवारका बालबालिकाको नियमित शिक्षामा असर नपरोस् भन्ने उद्देश्यले अस्थायी रूपमा यो व्यवस्था गरिएको स्पष्ट पारेको छ।

सुझावित समाचार