देव खनालको अर्धशतक प्रेरित नेपाल ‘ए’ले स्कटल्यान्डलाई २७८ रनको लक्ष्य दिएको छ। पहिलो अभ्यास एकदिवसीय खेलमा आठ विकेट गुमाएर नेपालले २७७ रनको योगफल तयार गरेको हो।
नेपालका लागि देव खनालले सर्वाधिक ६३ रन बनाउँदा मयन यादवले ४५ रनको योगदान गरे। सन्दीप जोरा र पवन सर्राफले क्रमशः ३४ र ३१ रन जोडेर पेभेलियन फर्किँदा दीपक डुम्रेले नटआउट २३ रन बनाए।
अनिलकुमार साहले १८, बसिर अहमदले १७, रासिद खान (नटआउट) १४ रन बनाउँदा नारायण जोशीले आठ र कुशल मल्लले तीन रन मात्र जोडे।
स्कटल्यान्डका ब्राडली करी र सफ्यान सरिफले दुई–दुई विकेट लिँदा ज्याक जार्भिस, ओलिभर डेभिडसन, ब्राडन मेकमुलेन र मार्क वाटले समान एक विकेट लिए।