रुपन्देहीमा टिपरले दुईवटा इ–रिक्सालाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । बिहीबार कपिलवस्तुको शिवराज नगरपालिका– ५ मा रहेको लोकप्रिय पेट्रोलपम्पनजिकै लु.१क ३१२९ नम्बरको टिपरले लु.प्र. ०१ –००१ ह १७८६ र लु.प्र. २–००१ ह ०२२२ नम्बरको इ–रिक्सालाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट इ–रिक्सामा सवार १० जना घाइते भएका हुन्। घाइतेहरूको बुटवल अस्पतालमा उपचार भइरहेको छ भने टिपरचालक २८ वर्षीय जितन्द्र थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।