एलजी इलेक्ट्रोनिक्सले विश्वभर ३२ लाख युनिट एलजी वासटावर बिक्री भएको जनाएको छ । कम्पनीका अनुसार यो उपलब्धिले स्थान बचत गर्ने र ऊर्जा दक्ष उपकरणप्रति विश्वव्यापी माग निरन्तर बढिरहेको देखाएको छ ।
सन् २०२० मा पहिलोपटक सार्वजनिक गरिएको वासटावर हाल ७७ देशमा उपलब्ध छ । उत्तर अमेरिकामा मात्रै १६ लाखभन्दा बढी, ल्याटिन अमेरिकामा १६ लाख र एसियामा १३ लाख युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ । यसले प्रयोगकर्ताले सुविधा, स्थान बचत र ऊर्जा दक्षतामा जोड दिने संकेत देखाएको कम्पनीले जनाएको छ ।
एलजी वासटावरमा रहेको एआई डिडी प्रविधिले कपडाको तौल, प्रकार र फोहोरको स्तर पहिचान गरी उपयुक्त धुने प्रक्रिया स्वतः चयन गर्छ, जसले गर्दा कपडाको क्षति कम हुनुका साथै प्रभावकारी सफाइ सुनिश्चित हुने बताइएको छ । त्यस्तै, डुअल इन्भर्टर हिट प्रविधिले कम तापक्रममा लुगा सुकाउने सुविधा दिँदै कपडाको गुणस्तर जोगाउन सहयोग गर्छ ।
यसका साथै एआई वास, स्मार्ट पेयरिङ र प्रिपेयर टु ड्राईजस्ता सुविधाले प्रयोगलाई थप सहज बनाउने कम्पनीको दाबी छ । यही अवसरमा कम्पनीले दक्षिण कोरियामा विशेष प्रचारात्मक कार्यक्रम आयोजना गर्ने र अन्य देशहरूमा समेत यस्ता कार्यक्रम विस्तार गर्ने तयारी गरेको जनाएको छ । नेपालमा भने एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रनिक्स हो ।