बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पातारासी गाउँपालिका– ५ का वडाध्यक्ष ४२ वर्षीय दत्तबहादुर बुढालाई प्रहरीले ०८३ वैशाख २३ गते पक्राउ गरेकाे छ ।  

पीडित महिलाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले घटनाका आरोपितलाई पक्राउ गरेको हो । पीडित महिलालाई पटक–पटक धम्क्याउँदै र जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबु रेग्मीका अनुसार घटनाका आरोपितलाई पक्राउपछि थप अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ

See More On

सुझावित समाचार