बेलायतले सन् २०४० को ओलम्पिकको दाबी गर्ने

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

बेलायतले सन् २०१२ को ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । अव बेलायतले सन् २०४० को ओलम्पिक खेलकुद आयोजनाको प्रस्ताव गर्ने तयारी गरेको छ । ओलम्पिक आयोजक राष्ट्रले पारा ओलम्पिकसमेत गर्न पाउँछ । एकैपटक दुई ओलम्पिक खेलकुद आयोजनाका लागि बेलायतले सम्बन्धित निकायसँग छलफल अगाडि बढाइएको बिबिसीले जनाएको छ । ओलम्पिक आयोजनाका लागि आयोजक राष्ट्र सबै क्षेत्रमा विकास गरेर मात्र हुँदैन । त्यसका लागि आर्थिक रूपमा कति सक्षम छ भन्ने प्रश्न आउँछ । 

यस पक्षमा पनि बेलायती सरकारले अर्थतन्त्रसँग जोडिएका संघ तथा संस्थासँग छलफल गर्नेछ । साथै, उसले सामाजिक–आर्थिक फाइदा र सफलताको सम्भावनाजस्ता पक्षको समेत अध्ययन गरिने बिबिसीले उल्लेख गरेको छ । ‘बेलायतले लामो समयको प्रतीक्षापछि ओलम्पिक आयोजना गर्ने हिम्मत गरेको छ, यसमा हामी सबैले स्वागत गर्नुपर्छ,’ बिबिसीले जनाएको छ, ‘सन् २०१२ को ओलम्पिक आयोजना गरेको अवस्था र आगामी ओलम्पिक आयोजक राष्ट्रका रूपमा बेलायतले धेरै चुनौती सामना गर्नुपर्छ ।’ 

यसैबिच, बेलायतले सन् २०३० मा रायडर कप र सोलहाइम कप आयोजनाको तयारी थालेको छ । यसका लागि बेलायतले संस्कृति, सञ्चार तथा खेल विभागलाई प्रस्ताव तयार गर्न निर्देशन दिएको छ । ‘हामीहरूको लक्ष्य नै आगामी दशकमा बेलायतलाई ठुला खेलकुद प्रतियोगिता हव बनाउने हो,’ सरकारी अधिकारीले बिबिसीलाई भनेका छन्, ‘हामी ओलम्पिकअगाडि रायडर कप र सोलहाइम कपबारे पनि विचार गरिरहेका छौँ ।’ 

मेयर खानको योजना 
लन्डनका युवा मेयर सादिक खानले बेलायतलाई अन्तर्राष्ट्रिय खेलकुद माध्यमबाट राष्ट्र चिनाउन अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनले बेलायतलाई अन्तर्राष्ट्रिय खेलकुद हब बनाउन ओलम्पिकजस्तो ठुलो प्रतियोगिता आयोजना गर्न पछि नहट्ने बताए । ‘हामीहरू बेलायतलाई खेलकुद हब बनाउने प्रयासमा छौँ,’ मेयर खानले भने, ‘सन् २०४० को ओलम्पिक खेल आयोजना गर्न लन्डनले प्रस्ताव पठाउनुपर्छ ।’ अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसिसी)ले सन् २०२८ को ओलम्पिक अमेरिका र सन् २०३२ को संस्करण अस्ट्रेलियामा हुने तय गरिसकेको छ । त्यसपछिका संस्करणको आयोजक राष्ट्रको निर्णय भइसकेको छैन । 

लिभरपुल र म्यानचेस्टर वैकल्पिक सहर 
लन्डनका मेयर खानले ओलम्पिक आयोजक सहरका रूपमा लिभरपुल र म्यानचेस्टर युनाइटेडलाई पनि समावेश गर्न सकिने बताए । यद्यपि, उनले यी दुवै सहरलाई संयुक्त आयोजकका रूपमा प्रस्ताव हुने जनाए । यसबिच युरोप र अमेरिकाका उत्कृष्ट खेलाडीबिच हुने राडर कपको तयारी बेलायतले गर्दै छ । सन् २०३५ को रायडर कप आयोजना गर्न बोल्टनले प्रस्ताव दिएको छ । सोलहाइम कप भने महिला खेलाडीहरूबिच हुने प्रतियोगिता हो । बेलायतले पहिलोपटक यस प्रतियोगिताका लागि दाबी गर्ने छ । बेलायतले सन् २०२८ को युरो फुटबल गर्दै छ । सन् २०३५ को महिला विश्वकपका लागि बेलायत कप मात्र दाबेदार राष्ट्र हो । 

See More On

सुझावित समाचार