काठमाडौंको दरबारमार्गबाट गैँडाको खागसहित तीनजना पक्राउ परेका छन्। एक रेस्टुरेन्टमा बसी गैँडाको खागको कारोबार गर्न लागेको अवस्थामा उनीहरूलाई प्रहरी वृत्त दरबारमार्गको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– २४, न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमानसिंह श्रेष्ठ, तनहुँको ऋषिङ गाउँपालिका– १ घर भई काठमाडौं बाँसबारी बस्ने ४५ वर्षीय रामहरि गिरी र पाल्पाको माथागढी गाउँपालिका– १ घर भई रुपन्देहीको सिद्धार्थनगर– ७ बस्ने ६० वर्षीय रामेश्वर पल्थी रहेका छन्।