संवैधानिक परिषदमा नियन्त्रण राख्न ठुलो प्रपञ्च रचियो : गगन थापा

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रणमा राख्न प्रधानमन्त्रीले ठुलो प्रपञ्च गरेका बताएका छन्।

बुधबार कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले परिषद्को सदस्य रहने प्रधानन्यायाधीश नियुक्तिका लागि प्रपञ्च रचिएको टिप्पणी गरे।

‘प्रधानन्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने। यो कुरा सोचेर संवैधानिक परिषदमा आफ्नो नियन्त्रण राख्नका लागि संसद् आह्वान गर्ने, संसद् बन्द गर्ने ठुलो प्रपञ्च रचिएको छ,’ उनले भने।

यसअघिका प्रधानमन्त्रीले पनि यस्तै गरेका उल्लेख गर्दै सभापति थापाले खल्तीबाट नाम झिकेर प्रधानन्यायाधीश बनाउँदा पुराना र नयाँमा फरक नहुने प्रस्ट पारे।

सुझावित समाचार