सञ्चार मन्त्रालयमातहतका ३६ पदाधिकारी पदमुक्त

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतका संस्थान/बोर्ड/प्राधिकरण/आयोग/समितिलगायत निकायका ३६ पदाधिकारी पदमुक्त भएका छन्। 

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम यी पदाधिकारी स्वतः पदमुक्त भएको मन्त्रालयले जनाएको छ।

पदमुक्त हुनेहरूमा गोरखापत्र संस्थानका एक, प्रेस काउन्सिल नेपालका १०, नेपाल दूरसञ्चार प्राधिकरणका पाँच, विज्ञापन बोर्डका चार, सुरक्षण मुद्रण केन्द्रका दुई, सार्वजनिक सेवा प्रसारण नेपालका चार, राष्ट्रिय सूचना आयोगका तीन, चलचित्र जाँच समितिका तीन र न्यूनतम पारिश्रमिक निर्धारण समितिका चारजना छन्।

हेर्नुस् सूची :

सुझावित समाचार