अदालतले शेखर गोल्छालाई हिरासतमा राख्न म्याद थप अनुमति दिएन

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

जिल्ला अदालत काठमाडौंले शेखर गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न अस्वीकार गरेको छ।

मंगलबार न्यायाधीश मोना सिंहको एकल इजलासले गोल्छालाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै म्याद थप गर्न अस्वीकार गरेको हो।

‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन,’ आदेशमा भनिएको छ।

सोमबार सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी ऐनबमोजिमको कसुरमा गोल्छालाई धरौटी वा जमानतमा छोड्न आदेश दिएलगत्तै प्रहरीले बिमा ऐनसम्बन्धी कसुरमा गोल्छामाथि अनुसन्धान अघि बढाएकाे थियो।

सुझावित समाचार