पेसावर जाल्मीले पाकिस्तान सुपर लिग २०२६ को फाइनलमा हैदराबाद किङ्समेनलाई पराजित गर्दै दोस्रोपटक उपाधि जितेको छ । अस्ट्रेलियन अलराउन्डर आरोन हार्डीले अलराउन्ड प्रदर्शन गरेपछि पेसावरले उपाधि हात पारेको हो ।
पेसावरले सन् २०१७ पछि दोस्रोपटक उपाधि हात पारेको हो । यसअघि इस्लामाबाद युनाइटेड र लाहोर कलन्दर्सले मात्र एकभन्दा बढी उपाधि जितेका छन् । आरोनले बलिङमा चार विकेट र ब्याटिङमा नटआउट ५६ रनको योगदान दिएका थिए ।
पेसावरले उपाधि भिडन्तमा हैदराबादलाई पाँच विकेटले हराएको हो । पराजित गर्दै पेसावरले दोस्रोपटक उपाधि जितेको हो । आरोनको उत्कृष्ट बलिङ स्पेल सामना गर्न नसकेको हैदराबादले एक सय २९ रन मात्र बनाएको थियो ।
पेसावरले पाँच विकेटको क्षतिमा जित निकाल्यो । हैदराबादले खडा गरेको योगफल पाकिस्तान सुपर लिगको फाइनलकै कम योगफल पनि हो ।