हाल परिरहेकाे पानीले बिपी राजमार्गमा सार्वजनिक सवारीसाधनहरू फसेका छन्। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ६ चौकीडाँडा र रोशी गाउँपालिका– ७ चारसयबेँसीस्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कटान गरी बाटो पूर्ण रूपमा अवरोध हुँदा पाँचवटा इभी हाइस गाडी फसेका हुन्।
गाडी र यात्रुहरूको उद्धारका लागि सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ। नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेस भकुन्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यका लागि खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
बिपी राजमार्ग सडकखण्डमा आवतजावत गर्ने सवारीसाधनहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग सडकखण्डमा रोशी गाउँपालिका– ७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेका १६० वटा सवारीसाधनहरू रोकेर राखिएको छ । हाल राजमार्ग बन्द छ।