सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छोड्न आदेश दिएको छ। सीमा गोल्छाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटी वा जमानतमा छोड्न भनेको हो।
धितोपत्रसम्बन्धी ऐनबमोजिमको कसुरमा प्रतिवादी फरार हुन सक्ने अवस्था देखिएमा धरौटी वा जेथा जमानत माग्न सकिने र धरौटी वा जमानत नदिएमा थुनामा राख्न सकिने उल्लेख गर्दै आदेशमा भनिएको छ, ‘सो कानुनी व्यवस्थाअनुसार यी निवेदकसँग प्रत्यर्थी अनुसन्धान अधिकारीले धरौट वा जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने–दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राखे गरी भएको २०८३/१/११ र २०८३/१/२१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ।’
आदेशमा गोल्छाले धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राखी अनुसन्धान गर्न भनिएको छ।

