प्रहरीको साइबर ब्युरोकै नाममा ठगी गर्ने चारजना पक्राउ परेका छन्। आफूहरूको मोबाइल नम्बर ट्रुकलरमा साइबर ब्युरोको नाम राख्ने र विभिन्न व्यक्तिलाई धम्क्याएर असुल्नेहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनकुटाका दीपक लिम्बू, सुनसरीका सौरव भुजेल, सजल राई र सिर्जन थापा छन्। साइबर ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो।
