बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँकाे घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।

अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा प्रारम्भिक अनुसन्धान सुरु गरिएको स्रोतको दाबी छ। विभागको टोलीले काठमाडौं र हेटौँडास्थित घर र कार्यालयमा पुगेर आवश्यक कागजात संकलन र जाँचबुझ गरेको जनाएको छ।

यद्यपि, विभागले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। मुख्यमन्त्री बानियाँ पक्षबाट पनि यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

सुझावित समाचार