रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग पूर्ण रूपमा बन्द

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

कुशादेवी क्षेत्रमा लगातार वर्षा भई रोशी खोलामा पानीको सतह बढेपछि तत्कालका लागि बिपी राजमार्ग बन्द गरिएको छ। राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। 

पानीको बहावले सडकमार्गमा कुनै अवरोध नगरेमा जिल्ला प्रहरी कार्यालय काभ्रेले अर्को सूचना जारी गरेर बाटो सञ्चालन भएको जानकारी गराउने बताएको छ। बाटोमा हिँडेका यात्रुहरूलाई केही समस्या परे वा थप जानकारी तथा सूचना लिनुपरे  १०० र १०३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ। 

सुझावित समाचार