आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको साबिक विजेता चर्च ब्वाइज युनाइेटड क्वार्टरफाइनलबाट बाहिरिएको छ । बागमती युथ क्लबले चर्च ब्वाइजलाई २–१ ले पाखा लगाएको हो । सहिद स्मृति रंगशालामा आइतबार भएको खेलको ११औँ मिनेटमा सुशन मगरको गोलमा चर्च ब्वाइजले १–० को अग्रता लियो ।
खेलको २८औँ मिनेटमा अनिश महर्जनले बागमती युथलाई १–१ को अवस्थामा पुर्याए । खेलको ८८औँ मिनेटमा कप्तान आयुष मगरले पेनाल्टीमा गोल गर्दा बागमती युथ सेमिफाइनलमा पुग्यो । बागमतीले सेमिफाइनलमा फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबिचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता आगामी २६ वैशाखसम्म चल्नेछ । आयोजकसहित १० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।