तरबुजा खेतीबाट मनग्य आम्दानी गर्दै रामध्यान मण्डल

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

नेपालमा विदेशिने युवाहरुको संख्या बढिरहेको बेला महोत्तरीका एक युवा भने स्वदेशमै कृषिकर्मको माध्यमले मनग्य आम्दानी गर्दैछन् । उनले गरे के हुन्न र भन्ने संदेश दिँदै तरबुजा खेतीबाटै लाखौं आम्दानी गर्ने लक्ष्यसहित कृषिमा सम्भावना खोज्दैछन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका १ लक्ष्मीपुरस्थित वर्षौँदेखि बाँझो रहेको जग्गामा तरबुजा लगाएका युवा कृषक रामध्यान मण्डलले लाखौं आम्दानी गर्ने लक्ष्य राखेका छन् । उनले आफ्नै परिश्रमले बाझो खेतलाई हराभरा बनाउँदै आम्दानीको स्रोत सृजना गरेका हुन् । यहि खेतमा लगाइएको तरबुजाको स्याहार गर्नेदेखि पाकेको तरबुजा बजार पुर्याउने कार्यमा उनी  व्यस्त छन् ।

रामगोपालपुर नगरपालिकास्थित मावि बसविट्टीबाट वार्षिक ६ लाख पचास हजारमा २२ विगाहा जग्गा लिजमा लिएका रामध्यानले करिब ७ विगाहामा लगाइएको तरबुजा खेतीमा हालसम्म १४ लाख खर्च गरिसकेका छन् । उनले पहिलो लटमा तीन लाख ५० हजारको तरबुजा बेचेका छन् भने २५ लाखसम्मको आम्दानी गर्ने उनको लक्ष्य छ ।

महोत्तरीको सम्सी गाउपालिका वडा नं. ४ निवासी मण्डल पछिल्लो ६ वर्ष देखिमाँ वैष्णेदेवी कृषी फर्ममार्फत  सम्सी गाउपालिका र रामगोपालपुर नगरपालिकामा कुल ५४ विग्हा जग्गामा फलफुल,तरकारी,माछा पालन र कुखुरा पालन गरि १६/१७ जनालाई स्वदेशमै रोजगारी समेत दिन सकेका छन् । कृषि क्षेत्रमै काम गर्दै युवाहरुलाई विदेशिनुभन्दा आफ्नै ठाउँमा कृषिमार्फत राम्रो आम्दानी गर्न सक्ने सन्देश उनले दिइरहेका छन् ।

तर, खेती अवसरमात्र नभई चुनौती पनि हो । खेतमा तरबुजा टन्न छ र तरबुजासँगै तरबुजा चोरी हुन सक्ने र जंगली जनावरले बिगार्न सक्ने चुनौती पनि उतिकै छ । उनले विद्युत र पानीको सिधा पहुँच नभएको आफ्नो तरबुजाको खेतमा दमकलले पानी व्यवस्था गरि बाझो खेतलाई हरियालीमा परिणत गर्न सकेका छन् । तर फलेको फल निलगाई र अन्य जनावरहरुले बर्बाद गर्न सक्ने चिन्ताका बिचपनि हसियो र विश्वासले भरिएर उनले आफ्नो प्रयास भने घटाएका छैनन् ।

हाल भारतबाट आयात हुने तरबुजा लगायतका फलफुलको विकल्प नेपालीको खेतमा उत्पादित तरबुजा र फलफुल हुन सक्ने भएकोमा भारतको विषादीयुक्त फलफुल र तरबुजा भन्दा आफ्नो उत्पादन उत्तम रहेको र बजारकै समेत समस्या नभएको मण्डल बताउछन् । उनी जनकपुर,ढल्केवर,बर्दिवास र नजिकका अन्य बजारहरुमा सहजै आफ्नो उत्पादन विक्री भैरहेको थप्छन ।

विदेशमा गएर परिश्रम बेच्ने युवालाई आफ्नै देशमा प्रसस्त खेतहरु बाझो रहेको स्मरण गराउदै उनी कृषिमा लाग्न अभिप्रेरित गर्दैछन । विदेशमा गर्ने परिश्रम नेपालमै गरे जिविकोपार्जनमा समस्या नहुने उनको तर्क छ ।

सुझावित समाचार