नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आफ्ना अभिकर्तालाई दुई रात तीन दिनको कार्यक्रम चितवनको सौराहमा सम्पन्न गरेको हो ।
‘संस्कृति, सौहार्द र सयरको संगम’ नारासहित गत फागुन र चैत महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई मनोरञ्जन दिने गरी कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । कार्यक्रममा कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखसहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल तीन सय ५४ जना वरिष्ठ अभिकर्ताको सहभागिता थियो । कार्यक्रममा इन्द्रेणी ग्रुपका सञ्चालक एवं चर्चित कलाकारले लोकदोहोरी तथा नृत्य प्रस्तुत गरेका थिए ।
सहभागी अभिकर्ताले क्रुजमा यात्रा गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए । यसप्रकारका कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास उनीहरूको थियो ।