त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन्।आज साँझसम्म राजीनामा दिइसक्ने उपकुलपति प्रा.डा. दीपक अर्यालले बताए।
‘सरकारले नयाँ ल्याउने भनेपछि हामी राजीनामा दिन्छौँ, उहाँहरूका लागि ठाउँ खाली गरिदिन्छौँ, आज साँझसम्म राजीनामा दिन्छौँ,’ उनले भने, ‘राजीनामा दिन भनेर कुनै पत्र त आएको छैन, तर हामीले आफैँ बुझेर राजीनामा दिन लागेका हौँ ।’
हाल सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने गरी अध्यादेश ल्याउँदै छ । सोही कारण त्रिविका पदाधिकारी उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिने तयारी गरेका हुन्।