निर्वाचनमा घात गरेको भन्दै सांसदद्वय खनाल र न्यौपानेलाई स्पष्टीकरण

सात जनालाई कारवाहीको प्रक्रिया अघि बढाइयाे

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै दाङका दुई सांसदलाई का‌ंग्रेसले स्पष्टीकरण सोधेको छ । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापतिसमेत रहेका दाङ २(१) बाट निर्वाचन राजु खनाल र प्रवक्तासमेत रहेका प्रचण्डविक्रम न्यौपाने (गुन्टु)लाई स्पष्टीकरण सोधिएको हो ।

न्यौपाने लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्रीसमेत हुन् भने खनाल यसअघि प्रदेशका स्वास्थ्यमन्त्री थिए । फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारको विरुद्धमा लागेको भन्दै कांग्रेस केन्द्रीय अनुशासन समितिले कारबाहीको प्रक्रिया अघि बढाएको समितिका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिए। उनीसँगै सातजनालाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
 

सुझावित समाचार