चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत सहायतासम्बन्धी सम्झौता

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत सहायतासम्बन्धी सम्झौता  सम्पन्न भएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने सरकारले प्रतिबद्धता जनाएको मन्त्री लम्सालको सचिवालयले जानकारी दिएको छ । 

सुझावित समाचार