सेयर निष्कासनसम्बन्धी नर्भिक हस्पिटलको ‘रोड सो’

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

नर्भिक इन्टरनेसनल हस्पिटलले सेयर निष्कासनसम्बन्धी बुक–बिल्डिङ प्रक्रियाअन्तर्गत छलफल ‘रोड सो’ सम्पन्न गरेको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटलद्वारा आयोजित ‘रोड सो’मा यो संस्थागत लगानीकर्ताले मूल्य निर्धारण, माग तथा मूल्यांकनसम्बन्धी छलफल भएको थियो । 

छलफलमार्फत नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजयकुमार मिश्रले वर्तमान सञ्चालन अवस्था, वित्तीय कार्यसम्पादन, रणनीतिक दिशा तथा भविष्य विस्तार योजनाबारे विस्तृत जानकारी दिएका थिए । लक्ष्मी सन्राइज क्यापिटलले ‘रोड सो’ कार्यक्रममा मूल्यांकन पद्धति, मूल्य निर्धारणका आधारहरू, मागको विश्लेषण, बुक–बिल्डिङ संरचना तथा नियामक प्रावधानसम्बन्धी विस्तृत जानकारी दिएको थियो । सहभागी लगानीकर्ताले प्रस्तुत गरिएको मूल्य खोजी प्रक्रिया पारदर्शी, व्यावसायिक तथा विश्वासयोग्य रहेको धारणा व्यक्त गरेका थिए ।

योग्य संस्थागत लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या तथा प्रस्तावित अभिप्रेत मूल्य सिलबन्द खाममा २१ वैशाखभित्र आशयपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

सुझावित समाचार