तत्काल संसद् अधिवेशन आह्वान गर्न नेकपाको माग

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुइटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि मंगलबार बसेको नेकपा कार्यसंयोजन समितिको बैठकले  संसद् अधिवेशन आह्वान गरी शिक्षा तथा निजामती ऐनजस्ता महत्त्वपूर्ण कानुन निर्माणमा सरोकारवालाको आवाज सम्बोधन गर्न माग गरेको छ।

नेकपाले सरकारले आफैँले आह्वान गरेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउन खोज्नु गैरलोकतान्त्रिक भएको आरोप लगाएको छ। 

सुझावित समाचार