राष्ट्रिय खेलकुद परिषद्लाई फिफाको अल्टिमेटम २१ वैशाखसम्म

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

फिफाले गत साता राष्ट्रिय खेलकुद परिषद्लाई २१ वैशाखसम्म एन्फामाथिको निलम्बन फुकुवा गर्न समयसीमा दिएको छ । त्यस दिनसम्म आफ्नो निर्णय फिर्ता नलिँदा फिफाले नेपालमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने चेतावनी पनि दिएको छ।

एन्फाले राखेपलाई अटेर गर्दै गत वर्षको १३ चैतमा निर्वाचन गर्ने तयारी गरेको थियो। त्यसको दुई दिनअघि राखेपले ११ चैतमा एन्फालाई तीन महिनाको निलम्बन गरेको थियो। 

एन्फामाथिको निलम्बनसँगै विवाद अन्तर्राष्ट्रियस्तरमा पुगेको थियो। राखेपले गत चैतमा फिफा र एएफसीलाई त्रिपक्षीय वार्ता गरी वर्तमान समस्या समाधान निकाल्न सकिने जनाएको थियो। गत १३ अप्रिलमा फिफा, एएफसी, राखेप र एन्फाका पदाधिकारीबिच भर्चुअल बैठक बसेको थियो ।

बैठक सकारात्मक भए पनि फिफाले सुरुमा एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने अडान राख्दै आएको छ । फुकुवापछि मात्र एन्फामा देखिएको विवाद समाधान हुने फिफाको भनाइ छ। 

सुझावित समाचार