तारकेश्वरबाट सुनका गहना लुटपाट गर्ने गिरोह पक्राउ

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौंका विभिन्न स्थानमा सुनका गहना लुटपाट गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका– ४, पैयुँटारबाट नुवाकोटका चार र सोलुखुम्बुका एकजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको ककनी नगरपालिका– ३, वाउँखेल घर भई काठमाडौंको तारकेश्वर– ६ बस्ने २१ वर्षीय सविन तामाङ, २६ वर्षीय बिमल तामाङ र २१ वर्षीय सुजन तामाङ तथा नुवाकोटको विदुर घर भई बालाजु बस्ने ४४ वर्षीय सतिस आमत्य र सोलुखुम्बु घर भई थानकोट बस्ने १९ वर्षीया रितिका माझी रहेका छन्।

उनीहरूले मोटरसाइकलमा आएर बाटोमा हिँडिरहेका महिलाहरुको सुनका गरगहना लुटपाट गरेर भाग्ने गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू गत चैत १२ गते मातातीर्थ फन पार्क क्षेत्रबाट साढे एक तोलाको सुनको सिक्री, चैत १९ गते नैकाप मितेरी चोकबाट डेढ तोलाको सिक्री र वैशाख ६ गते चन्द्रागिरी– ७, घुमाउनेबाट डेढ तोलाबराबरको सुनको सिक्री लुटपाट गरेको घटनामा संलग्न छन्।

सुझावित समाचार