ओमानविरुद्ध युएई २५ रनले विजयी

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण
ओमानविरुद्ध युएई २५ रनले विजयी

तस्बिर : क्यान

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा युएईले जित निकालेको छ। कीर्तिपुर खेल मैदानमा सोमबार भएको खेलमा युएई २५ रनले विजयी भएको हो।

युएईले सात विकेटको क्षतिमा २६९ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको ओमान ४७.५ ओभरमा अलआउट हुँदा २४३ रन मात्र बनाउन सक्यो। 

ओमानका लागि विनायक शुक्लाले नटआउट सर्वाधिक ५८ रन बनाए। कप्तान जतिन्दर सिंहले ४६ रन जोड्दा आशिष ओडेदरा, हम्मद मिर्जा र मुजिबर अलिले  क्रमशः ३५, २७ र २४ रनको योगदान गरे।

युएईका अजयकुमार एक्लैले ६ विकेट लिन सफल भए। जुनैद सिद्धिकी, हैदर अलि, निलान्स केशवानी र मोहम्मद साहदादले समान एक विकेट लिए।

पहिले ब्याटिङ गरेको युएईका एक खेलाडीले शतक प्रहार गर्दा दुईजनाले अर्धशतक पूरा गरेका थिए। ओपनर आर्यन्स शर्माले १०५ रन जोड्दा अदिब उस्मानी र हरप्रित सिंहले क्रमशः ६४ र ५४ रन बनाए। मोहम्मद सिद्धिकीले २५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओमानका लागि साह फैसलले तीन, सिद्धार्थ बुक्कापत्नमले दुई र सकिल अहमदले एक विकेट हात पारे।

सुझावित समाचार