बिएमसिभीले मनायो तेस्रो वार्षिकोत्सव

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

बतास अर्गनाइजेसन र एमएडब्लू इन्टरप्राइजेजबिचको संयुक्त साझेदारी बतास एमएडब्लू कमर्सियल भेहिकल्स (बिएमसिभी)ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बिएमसिभीले गरेको रक्तदान कार्यक्रममा कर्मचारी र स्वयंसेवकबाट ५१ युनिट रगत संकलन गरिएको छ ।

साथै, कम्पनीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ८७ जना लाभान्वित भएका छन् । यसै अवसरमा कम्पनीले देशभर रहेका १४ शाखामार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । ज्येष्ठ नागरिकलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले मातातीर्थ वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम पनि आयोजना गरेको थियो ।

आफ्नो तीन वर्षको यात्रा पूरा भएको असवरमा बिएमसिभीले व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगै अगाडि बढाउने प्रतिबद्धता दोहोकाठमाडौंयाएको छ ।

सुझावित समाचार