आइतबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार दुई सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा दुई हजार सात सय रुपैयाँले बढी हो। यसअघि सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यसैबिच, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले बढेर आज चाँदी चार हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला चार हजार ९४५ रुपैयाँ थियो।