सिजीका एसी शून्य ब्याजमा किस्तामा खरिद गर्न सकिने

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

नेपालका विभिन्न भूभागमा तापक्रम बढिरहेका बेला सिजी ब्रान्डका एयर कन्डिसनर (एसी)को माग बढेको छ । नेपालको मौसमी अवस्थालाई ध्यानमा राखेर डिजाइन गरी बनाइएको सिजी मेरी सिरिजको एसीलाई उपभोक्ताले मन पराएको कम्पनीको दाबी छ । 

सिजीले भित्र्याएको ‘ड्युल इन्भर्टर’ प्रविधिले यसलाई स्मार्ट र किफायती बनाएको छ । यसले कम विद्युत् खपत गर्ने बताइएको छ । साथै, विद्युत् आपूर्ति प्रभावित भएका वेलासमेत मेसिन नबिग्रिने दाबी गरिएको छ । यसैगरी, यसमा वातावरणमैत्री कुलिङ प्रणाली रहेको पनि बताइएको छ । 

कम्पनीका अनुसार यसमा १० वर्षको वारेन्टी छ । एउटा एसीलाई विभिन्न विभिन्न आठ मोडमा सञ्चालन गर्न सक्ने बताइएको छ । ‘एसीलाई सबैको पहुँचमा पुर्याउन सिजी इलेक्ट्रोनिक्सले बजारमा गेम चेन्जर अफरहरू ल्याएको छ । अब ग्राहकले खल्तीमा पैसा नभए पनि नागरिकता मात्र पेस गरेर शून्य प्रतिशत ब्याज र सजिलो मासिक किस्तामा एसी जडान गर्न सक्नेछन्,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै, कम्पनीले निःशुल्क जडानको सुविधासमेत दिनेछ ।’

See More On

सुझावित समाचार